२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

नोकियाले ल्यायो नयाँ विन्डोज स्मार्टफोन

फिनल्यान्ड- स्मार्टफोनको दौडमा एप्पल  र सामसुङले निकै पछाडि छाडिसकेको नोकियाले आफ्नो पुरानो साख फर्काउने उद्देश्यका साथ नयाँ विन्डोज स्मार्टफोन बजारमा ल्याएको छ।
चार इञ्चको डिस्प्ले र पाँच मेगापिक्सेलको क्यामेरामा नोकिया म्याप्ससहित लुमिया ५१० मोडल नम्बरको यो स्मार्टफोनको भाउ बजारमा दुई सय डलर पर्ने बताइएको छ। 

रातो, पहेँलो, सेतो, कालो र आकाशे रङ्गमा पाइने यो मोबाइलको मुख्य विशेषता विन्डोज अपरेटिङ सिस्टम र सस्तो मोल हुने बताइएको छ। यो फोनको सफलता वा असफलताले नोकिया र विन्डोज अपरेटिङ सिस्टमको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०६९ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App