'उपभोक्ताले सेटको मूल्य तिरेपछि दुई सय रुपैयाँको इभिडियो रिमकार्ड पाउँछन्, त्यसमा एकसयको टक टाइम हुन्छ,' टेलिकम वायरलेस सेवा निर्देशनालयका प्रमुख अनुपरञ्जन भट्टराईले भने। यो सेवा लिएपछि ग्राहकले मासिक दुई सय रुपैयाँको इन्टरनेट सित्तैमा पाउँछन्।
टेलिकमले दुई महिनाअघि आह्वान गरेको बन्डलिङ प्रस्तावमा अल्काटेल र सामसङले चासो दिएका थिए। अल्काटेलले एन्ड्रोइड अपरेटिङ सिस्टमको स्मार्टफोनलाई एक वर्षको वारेन्टीसहित टेलिकमसँग बन्डलिङ गरेको हो।
बन्डलिङ गरिएको सेटमा अर्को कम्पनीको सिमकार्ड वा रिमकार्ड राखेर चलाउन मिल्दैन। अल्काटेलले ओटी ९९० 'सी' मोडलको स्मार्टफोनलाई बन्डलिङअन्तर्गत बिक्री गर्ने भएको छ।
अल्काटेलको स्मार्टफोनलाई वाइफाई राउटरका रुपमा समेत प्रयोग गर्न सकिन्छ। वाइफाई राउटर बनाएर एकैपटकमा ल्यापटप, ट्याबलेट र डेस्कटपमा समेत प्रयोग गर्न मिल्छ।
इभिडिओ सिडिएमए मोबाइलमा तेस्रो पुस्ता (थ्रिजी) प्रविधि हो। यसबाट ३.१ मेगाबिट प्रतिसेकेन्डको स्पिडमा इन्टरनेट चलाउन सकिन्छ। कम्पनीले बन्डलिङ गरेर अल्काटेल मोबाइल बिक्री सुरु गरिसकेको छ।
टेलिकमले पहिलोपटक बन्डलिङ गरेर बेच्न थालेको हो। यसअघि प्रतिस्पर्धी कम्पनी एनसेलले ब्ल्याकबेरी र सामसङ ग्यालेक्सी एस-थ्री लाई बन्डलिङमा बेचिरहेको छ।
टेलिकमले सामसङसँग पनि बन्डलिङ गरेर सिडिएमए सेवा प्रवर्द्धन गर्दैछ। केही साताभित्रै सामसङको सेट आइपुग्ने भएको छ। सामसङको वाई मोडल चलाउन मिल्ने नयाँ प्रविधियुक्त इभिडियो रिमकार्ड टेलिकमले केही महिनाभित्र ल्याउँदैछ।
प्रकाशित: २७ आश्विन २०६९ २२:२१ शनिबार





