२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

गगन कांग्रेसको सभापति बन्दा महेश बस्नेतको आक्रोश !

क्याप्शन

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिएको निर्णयप्रति नेकपा एमालेका सचिव महेश बस्नेतले तीव्र असन्तुष्टि जनाएका छन् । उनले उक्त निर्णयलाई लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहारको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप देखिएको आरोप लगाएका छन् । उनका अनुसार आयोगको निर्णय अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक छ ।

बस्नेतले आफ्नो स्टाटसमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु गम्भीर चिन्ताको विषय हो ।’

यस्तो अवस्थामा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भएर वैकल्पिक तथा पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रकाशित: २ माघ २०८२ २०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App