४ माघ २०८२ आइतबार
image/svg+xml
प्रविधि

सामसुङले ग्यालेक्सी एस ४ फेब्रुअरीमा ल्याउने

सउल, असोज १ (एजेन्सी) - कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस फोर स्मार्टफोन सन् २०१३ को फेब्रुअरीमा ल्याउने कम्पनीका एक कार्यकारी अधिकारीले बताएका छन्।  

द कोरिया टाइम्ससँग कुरा गर्दे उनले फेब्रुअरीमा बार्सिलोनामा हुने मोबाइल विश्व सम्मेलनमा सामसुङले यसको घोषणा गर्ने बताएका हुन्।

बजारमा भने यो फोन मार्चमा आउने उनले बताए। उनले यो नयाँ मोडलले आइफोन फाइभलाई पराजित गर्ने दावी गरेका छन्।

नयाँ फोनमा के कस्तो सुविधा हुने सार्वजनिक गरिएको छैन। तर चुहिएका जानकारीहरु अनुसार यसले एलटिई नेटवर्क सपोर्ट गर्ने, क्वाड कोर एक्सिनोस प्रोसेसर प्रयोग गर्ने, एन्ड्रोइड ४.१ जेलीबिन अपरेटिङ सिस्टम र ५ इञ्चको एचडी एमोलेड डिस्प्ले हुनेछ।

प्रकाशित: १ आश्विन २०६९ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App