४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘आ बाट आमा’ चलचित्रको ‘जाँदैछु नौडाँडा काटेर’ गीतले गर्‍याे युट्युबमा रेकर्ड ब्रेक

युटुबमा रिलिज भएको दुई दिनमा नै ‘आबाट आमा’ चलचित्रकाे ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले २३ लाखभन्दा बढी भ्युज कमाएको छ।

माघ १ गते गीत रिलिज भएको हाे। यो समाचार तयार पार्दासम्म गीतले २३ लाख १५ हजारभन्दा बढी भ्युज पाइसकेको छ।

चलचित्रका गीतले खासै दर्शक कमाउन नसकिरहेको बेला दुई दिनमै २३ लाख भ्युज कटाउनु सुखद हो।

त्यस्तै गीतलाई ७६ हजारले मन पराएका छन् भने २३ सयले प्रतिक्रिया दिएका छन्। गीत रिलिज भएको एक घण्टामा नै तीन लाखभन्दा बढी दर्शकले हेरेका थिए।

प्रतिक्रियाकर्ताहरूले कलाकारहरूको अभिनयकाे प्रशंसा गर्दै

गीतले भावुक बनाएको बताएका छन्।

गीतले मन नलागीनलागी परदेसिनु परेकाे भाव प्रस्तुत गरेकाे छ। सोहीमाथि अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको जीवन्त अभिनयले दर्शकलाई छोएको बुझ्न सकिन्छ।

फिल्म ‘ह्रस्व–दीर्घ’ निर्देशन गरेर खारिएका निर्देशक चन्द्र पन्तले दर्शकको मनोभाव बुझेर नै फिल्म बनाएको बताए। उनका अनुसार अहिले देशमा भइरहेको कथा फिल्मको मुख्य मसला बनाएका छन्। सोही भाव यस गीतको भिडियोमा पनि देखिन्छ।

गीतको भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत,साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त लगायतको अभिनय दर्शकले मन पराएका छ।

किरण परियार र शान्तीश्री परियारले गाएको यस गीतमा शब्द संगीत अभि सुनारले गरेका छन्। सुरिलो स्वर र मिठास शब्द संगीतले दर्शकलाई बाँधेर राखेको गीतको भिडियोमार्फत महसुस हुन्छ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन्। यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रविन्द्र झा, गजित विष्ट, बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। शान्तीश्री परियार, रवि ओड, किरण परियार र यमन श्रेष्ठले गीत गाएका छन्।

भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीले लेखेकाे संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।

फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ भने करणसिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ। डिजिटल अधिकार ओएसआर डिजिटलको छ। फिल्म यही माघ १६ गतेबाट प्रदर्शन हुँदैछ।

प्रकाशित: ४ माघ २०८२ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App