२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

आइफोन फाइभ २४ घण्टामा २० लाख बिक्यो

न्युयोर्क, असोज १ (एजेन्सी) - प्रि अर्डर सुरु भएको २४ घण्टाभित्र आइफोन फाइभ २० लाख बिक्री भएको एप्पलले सोमबार बताएको छ। समीक्षकहरुले अपेक्षा अनुरुप आइफोन फाइभले ठूलो नयाँ परिवर्तन केही नगरेको भनिरहेका बेला बजारमा भने यसको उत्साहजनक बिक्री सुरु भएको हो।  आइफोन फाइभले यसअघि आइफोन फोरएसले राखेका बिक्रीका सबै कीर्तिमान तोडेको एप्पलको विश्वव्यापी बजार व्यवस्थापनका उपाध्यक्ष फिलिप सिलरले दावी गरेका छन्। 

अमेरिका लगायत विश्वका केही देशका खुद्रा पसलमा शुक्रबारदेखि आइफोन फाइभ बिक्रीमा राखिनेछ। अरु मोडल जस्तै यो मोडल किन्न पनि ग्राहकहरु रातभर लाइन लाग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १ आश्विन २०६९ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App