दूरसञ्चार क्षेत्रको अनुसन्धानमा संलग्न एक संस्थाले गरेको अध्ययनले नेपालमा प्रयोग भएका मोबाइलमा सबैभन्दा बढी चलेको अपरेटिङ सिस्टम सिम्बिएन देखाएको हो। यसका प्रयोगकर्ता ३४ प्रतिशत छन्। सिम्बिएन नोकियाको पुराना सेटमा रहेको अपरेटिङ सिस्टम हो।
'नोकिया अझै पनि मध्यमस्तरीय फोनमा लोकप्रिय पाइयो,' अनुसन्धानमा संलग्न ग्रिन हब प्रालिका राजेन्द्र दुलालले भने।
ग्रिन हबले नेपालको दूरसञ्चार क्षेत्रबारे अनुसन्धान गर्दै नेपालीटेलिकम डट कममा विवरणहरु प्रकाशित गर्दै आएको छ।
ग्रिन हबले देशका विभिन्न स्थानमा रहेका व्यक्तिहरुबीच गरिएको अनुसन्धानबाट नेपालको मोबाइल बजारमा दोस्रो स्थान सामसङ रहेको देखाएको छ। सामसङले स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्दै आएको छ। एन्ड्रोइडका प्रयोगकर्ता ३३ प्रतिशत छन्।
अध्ययनले नेपालमा एप्पलको आइफोनका प्रयोगकर्ता १० प्रतिशत रहेको देखाएको छ। आइफोनका प्रयोगकर्ता तेस्रो नम्बरमा छन्। विन्डोज आइओएस अपरेटिङ सिस्टमका प्रयोगकर्ता आठ प्रतिशत छन्।
'मोबाइलका प्रयोगकर्ताको अवस्था र सेवा प्रदायकप्रति उनीहरुको धारणा बु‰न यस्तो अनुसन्धान गरेका थियौं,' दुलालले भने। अनुसन्धानमा नेपाल टेलिकम र एनसेलका ग्राहकमात्रले सहभागिता जनाएका थिए।
इन्टरनेटको माध्यमबाट गरिएको हुँदा सहरी क्षेत्रबाटमात्र सहभागिता देखिएको थियो। गाउँघरमा सिडिएमए प्रविधि लोकप्रिय छ। सिडिएमएमा स्मार्टफोन अहिलेसम्म छैन। सामसङले टेलिकमसँग बन्डलिङमा सिडिएमए सेट दिने तयारी गरेपनि अहिलेसम्म स्मार्टफोनको फोनको प्रयोग पनि पछिल्लो समयमा निकै बढेको छ। अध्ययनमा संलग्नहरुमध्ये ५४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन्। कतिपयले स्मार्टफोनबारे जानकारी नभएको जवाफ दिएका थिए।
फोनको बजारमध्य एचटिसीको ५ प्रतिशत, सोनी इरिक्सनको चार प्रतिशत, एलजी ३ प्रतिशत, चाइनिज सस्ता सेटको ३ प्रतिशत र ब्ल्याकबेरीको २ प्रतिशत बजार हिस्सा देखिएको छ।
अध्ययनमा सहभागी उत्तरदाताहरुको नतिजालाई विश्लेषण गर्दा स्मार्टफोनका बढी देखिएका छन्। सस्ता चाइनिज सेटको प्रयोगकर्ताको विषयमा आएको नतिजा प्रति संस्थालेनै शंका व्यक्त गरेको छ।
चाइनिज सेट सस्तो भएको हुँदा यसको बजार गाउँमा ठूलो छ। सर्वेक्षणमा इन्टरनेटको पहुँच पुगेका र सहरी क्षेत्रका मात्र बढी भऐकाले चाइनिज सेटको हिस्सा कम देखिएको हो।
ओपेरा मिनी लोकप्रिय एप्स
नेपालमा मोबाइल फोन प्रयोगकर्ताबीच सबैभन्दा लोकप्रिय एप्लिकेसन ओपेरा मिनी देखिएको छ। यसका प्रयोगकर्ता २६ प्रतिशत छन्।
ओपेरामिनीपछि फेसबुक, निम्बज, मिग-३३, स्काइप, भाइबर लोकप्रिय एप्समा पर्छन। स्मार्टफोनमा एङ्ग्रीबर्ड, गुगलम्याप, युट्युबसमेत निकै लोकप्रिय देखिएका छन्।
२३ प्रतिशतको धारणा गुणस्तर राम्रो
अध्ययनको क्रममा मोबाइल टेलिफोनका प्रयोगकर्तामध्य २३ प्रतिशतले गुणस्तर राम्रो रहेको धारणा व्यक्त गरेका छन्। १३ प्रतिशतले मोबाइलको सेवा निकै खराब भएको प्रतिकृया दिएका छन् भने ठीकै छ भन्ने धारणा ४६ प्रतिशतको छ। ९ प्रतिशत सेवाग्राहीले भने मोबाइलको गुणस्तर उत्कृष्ठ रहेको बताएका छन्।
प्रकाशित: २५ भाद्र २०६९ २३:५७ सोमबार





