३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

प्राधिकरण अध्यक्षमा एक दर्जनको आवेदन

काठमाडौं, भदौ २६ (नागरिक) - दूरसञ्चार प्राधिकरणमा अध्यक्ष हुन इच्छा गर्दै एक दर्जनले आवेदन दिएका छन्। अध्यक्षमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म १३ जनाले आवेदन बुझाएका हुन्।  
आवेदन दिनेमा नेपाल टेलिकमबाट अवकाशप्राप्त दुई जना पूर्ब प्रवन्ध निर्देशक समेत छन्। त्यस्तै निजी क्षेत्रको मोबाइल कम्पनी एनसेलका कानुनी निर्देशक कमल खनालले दूरसञ्चार ऐन २०५३ को दफा ५ (१) ले प्राधिकरणको अध्यक्षको लागि योग्यता तोकेको छ। लेखा, प्राविधिक, कानुनमा स्नातक गरेर कम्तिमा १० वर्षको अनुभव भएकोले अध्यक्ष पदमा आवेदन दिनसक्छन्।
सञ्चार सचिवको अध्यक्षतामा गठन भएको सिफारिस समितिमा अध्यक्ष पदको लागि सुगतरत्न कंसाकार, विश्वनाथ गोयल, कन्हैयालाल गुप्ता, केदारजंग थापा, सोहनबहादुर न्याछो, कमल खनाल लगायतले आवेदन दर्ता गरेका छन्। यी मध्य कंसाकार र गोयल टेलिकमका पूर्ब प्रवन्ध निर्देशक हुन्। गुप्ताभने ६ महिना अघि नायब प्रवन्ध निर्देशकबाट अबकाश पाएका व्यक्ति हुन्।
प्राधिकरणको एक कानुन सदस्यका लागि भने १० जनाले आवेदन दिएका छन्। सदस्यको लागि अन्तिम म्याद आइतबारसम्म रञ्जनकृष्ण अर्याल, धनराज ज्ञवाली, मणिराम ओझा, राजीव रौनियार लगायतले आवेदन दिएका छन्। अर्याल र ओझा कानुन तर्फबाट सहसचिव हुन् भने ज्ञवाली सञ्चार मन्त्रालयमै उपसचिव छन्।
'सदस्यको लागि परेका आवेदनको मंगलबारदेखिनै छानबिन थाल्दैछौं,' सञ्चार सचिव सूर्यप्रसाद सिलवालले भने। आवेदकको योग्यता, अनुभव लगायतका विषयमा 'टेबुलेसन' गरेर प्रकृया अघि बढाइने उनले बताए।
प्राधिकरणका तत्कालिन अध्यक्ष भेषराज कणेलले साउन १४ गते राजिनामा दिएपछि पद खाली भएको हो। तत्कालिन सदस्य तुलसी भट्टको पदावधि असार अन्तिमबाट सकिएको हो।
अध्यक्ष र सदस्यको छनौट समितिले परेका आवेदकहरुमध्यबाट तीन जनाको नाम मन्त्रिपरिषदलाई सिफारिस गर्छ। विज्ञापन गर्दा फरक गरेपनि सञ्चार सचिवको संयोजकत्वमा गठिन सिफारिस समितिले अध्यक्ष र सदस्यमा तीन/तीन जनाको नाम एकै पटक मन्त्रिपरिषदलाई सिफारिस गर्ने तयारी गरेको छ।

प्रकाशित: २५ भाद्र २०६९ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App