नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि गरेको व्यङ्ग्यमा मेयर शाहले रोचक जवाफ फर्काएका छन्।
मंगलबार आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट बालेन उम्मेदवार बन्ने चर्चा चलेपछि बस्नेतले मंगलबार सामाजिक सञ्जालमा बालेनलाई असफल मेयर र विदेशीको मतियार भन्दै लामो स्टाटस लेखेका थिए।
सोही स्टाटसको कमेन्ट बक्समा रिप्लाई दिँदै मेयर शाहले लेखेका छन्– ‘कति माया गर्नु हुन्छ हाउ मलाई ??? थ्याङ्क यू’
बस्नेतले बालेनलाई फेसबुकिया प्रधानमन्त्री बताउँदै झापाबाट चुनाव लडे लज्जास्पद हार व्यहोरेर पुरानै पेसामा फर्कनुपर्ने चेतावनी दिएका थिए।
उनले बालेनको सम्भावित उम्मेदवारीलाई विनाशकाले विपरित बुद्धिसँग तुलना गर्दै ‘स्याललाई काल आयो भने बजार छिर्छ’ भन्ने उखान प्रयोग गरेका थिए।
यता बस्नेतको आक्रामक र तिखो आलोचनाका बाबजुद बालेनले भने व्यंग्यात्मक शैलीमा छोटो प्रतिक्रिया दिएका हुन्।


प्रकाशित: २९ पुस २०८२ २१:५३ मंगलबार


-600x400.jpg)

-600x400.jpg)
