२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

आइप्याड किन्न किड्नी बेच्नेले तान्यो धेरैलाई

एप्पलको आइप्याड र आइफोन किन्न एक चिनिया युवाले आफ्नो किड्नी बेचेपछि पाँच मानिसहरु उक्त घटनामा तानिएका छन्। १ हजार ९ सय पाउन्ड स्टर्लिङमा आफ्नो किड्नी बेचेका १७ वर्षे युवकको अपरेसनपछि मृत्यु भएको थियो। प्रहरीले युवाको किड्नी झिक्ने चिकित्सकसहितका मानिसहरुलाई अनुसन्धानमा लिएको हो।  
छोराले आइप्याड र आइफोनका लागि कसरी पैसा हात पार्‍यो भन्ने शंका आमाले गरेकी थिइन्। युवकको मृत्युपछि आमाले नै घटनालाई बाहिर ल्याएकी हुन्। युवकले आइप्याडका लागि आफैले किड्नी बेच्न प्रस्ताव गरेको हुनानका स्थानीय पत्रिकाले जनाएका छन्।
एप्पलका उत्पादनहरु चीनमा ज्यादै महँगो ग्याजेट्समा पर्छन्। तर, यसका उत्पादन सस्ता छैनन्। डेली मेलका अनुसार चीनमा खर्च जुटाउन किड्नी लगायतका अंग बेच्ने चलन ह्वात्तै बढेको छ।
- एजेन्सीको सहयोगमा

प्रकाशित: ३२ श्रावण २०६९ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App