१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

दूरसञ्चार प्राधिकरण अध्यक्षले राजिनामा दिए

काठमाडौं, साउन १६ (नागरिक) - दूरसञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कणेलले राजिनामा दिएका छन्। दूरसञ्चार क्षेत्रको नियामक संस्था प्राधिकरणका अध्यक्षले सरकारले अनावश्यक हस्तक्षेप गरेको र समय अनुकुल ऐन, नीति नियमलाई भने परिवर्तन नगरेको जनाउँदै सञ्चार मन्त्रीलाई राजिनामा बुझाएका हुन्।

प्राधिकरणले दूरसञ्चार क्षेत्रमा आवश्यक पर्ने सुधारका लागि तयार बनाएर मन्त्रालयमा स्विकृतीको लागि पठाएका नीति नियमहरुलाई रोकेपछि कणेल असुन्तुष्ट थिए।

प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले अध्यक्षले राजिनामा दिएको तथ्यलाई पुष्टि गर्र्दै बुधबारदेखि कार्यालयमा उपस्थित नहुने भन्दै बिदा भएर गएको बताए।

प्राधिकरणको अध्यक्षको पदावधि पाँच वर्षको हुन्छ। २०६५ मंसिर ८ गते अध्यक्षमा नियुक्त भएका कणेलको पदावधि अझै डेढ वर्ष बाँकी थियो।

स्रोतका अनुसार भारतीय कम्पनी युटिएलको रोयल्टी मिनाहा गर्न माओवादी उच्च नेतृत्वबाटै उनीमाथि ठूलो दवाव थियो। त्यसलाई अस्विकार गरेपछि माओवादी उच्च नेतृत्वकै दवावमा उनले राजिनामा दिएका हुन्।

प्रकाशित: १६ श्रावण २०६९ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App