१८ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

भारू बारे चेतना जगाउन केन्द्रीय बैंकले वेबसाइट खोल्यो

नयाँ दिल्ली, असार २४ (एजेन्सी)- नक्कली भारुको कारोबार टाउको दुखाइको विषय बनेपछि भारतीय केन्द्रीय बैंकले नक्कली नोट बारे जनचेतना जगाउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याएको छ। www.paisaboltahai.rbi.org.in वेब ठेगानामा गएर सर्वसाधारणले अब भारु नक्कली वा सक्कली के हो बुझ्न सक्नेछन्।

‘पहिचान्नोस् पैसाको बोली, किनभने पैसा बोल्छ है!' नाराका साथ सुरु गरिएको वेबसाइटले भारु १०,२०,५०,१००,५०० र १,००० रुपैयाँका नोटको भिजिवल प्रेजेन्टेसन देखाउँछ।

केन्द्रीय बैंकले सञ्चालनमा ल्याएको वेबसाइटले उपभोक्तालाई नोटको पोष्टर डाउनलोड गरेर फर्जी नोट र सक्कली नोट बारे अझ स्पष्ट हुने सुविधा पनि दिएको छ। वेबसाइटबाट एक डकुमेन्ट्री पनि सर्वसाधारणले डाउनलोड गर्न सक्छन्।

प्रकाशित: २४ असार २०६९ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App