१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

फेसबुकको सेयर खस्किएपछि जुकरबर्ग टप ४० धनीको सुचीबाट बाहिरिए

क्यालिफोर्निया, जेठ १७ (एजेन्सी)- फेसबुकका संस्थापक तथा सीइओ मार्क जुकरबर्ग विश्वका ४० धनीहरुको सुचीबाट बाहिरिएका छन्। फेसबुकको सेयरको मूल्य खस्किएपछि उनी 'कम धनी' बनेका हुन्। २८ वर्षका जुकरबर्गको कूल सम्पति हिजो १६ अर्बबाट घटेर १४ अर्ब डलर पुगेको थियो।  फेसबुकको सेयर प्रति सेयर ९.६ प्रतिशतले घटेपछि उनको अर्बौँ सम्पति एकै पटक घटेको हो।

फेसबुकको सेयर गएको दशककै सबैभन्दा खराब प्रदर्शन भएको ठूलो कम्पनीको सेयर भएको ब्लुमबर्गले जनाएको छ।

अहिले जुकरबर्ग विश्वका ५० औँ धनी लुइस कार्लोस सार्मियन्टोभन्दा ८० करोड अमेरिकी डलरले पछाडि छन्।

फेसबुक विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको साइट हो।  

प्रकाशित: १७ जेष्ठ २०६९ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App