२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओलीको निरन्तरताले अब पार्टी चलायमान हुन्नः योगेश भट्टराई

नेकपा (एमाले)का उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले अब एउटै नेताको निरन्तरताले पार्टी चलायमान नहुने बताएका छन्। मंगलबार निर्वाचनमा होमिएका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो बताएका हुन्।  

ओलीले नै नेतृत्व हस्तान्तरण र रूपान्तरणको मुद्दामा सहमति नदिएकाले पार्टी सहमतिबाट बाहिर गएर निर्वाचन प्रक्रियामा पुगेको पनि भट्टराईले टिप्पणी गरे। ‘एउटै नेताको निरन्तरताले पार्टी चलायमान हुँदैन भन्ने महाधिवेशन प्रतिनिधिहरूले भोटमार्फत परिणाम दिनुहुनेछ, भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘अब निर्वाचनको प्रक्रियामा मात्र सहमति हुन्छ, नेतृत्वको लागि सम्भावना सकियो।’

अध्यक्ष ओलीले तेस्रो कार्यकाल र चौथो पटक अध्यक्षमै उम्मेदवारी दर्ता गरेकाले सहमतिको सम्भावना नै सकिएको उनले बताए।  उनले भने, ‘एउटा नेताले कतिपटकसम्म उमेदवारी दर्ता गर्ने? कति कार्याकालसम्म एउटा व्यक्तिले नेतृत्व गरिरहने भन्ने प्रश्नमा हामीले दुई कार्यकाल लागु गर्न प्रयत्न ग¥यौँ । अहिले नसके पनि यो मुद्दा अबका दिनमा स्थापित हुनेछ।’  

अध्यक्षमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदैछन्। भट्टराई पोखरेलकै प्यानलबाट उपमहासचिवका उम्मेदवार छन्।  

प्रकाशित: १ पुस २०८२ १७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App