ब्ल्याकबेरी टर्च-९८१० मोडलमा टच डिस्प्ले र स्लाइड हुने क्वेर्टी किप्याड छ। यसमा १.२ गिगाहर्जको प्रोसेसर भएकाले चाँडै वेब ब्राउज गर्न, गेम खेल्न र साामाजिक सञ्जाल चलाउन मिल्ने कम्पनीको दाबी छ।
८ जिबीको मेमोरीसहित पाइने यसमा माइक्रो एसडी कार्डमार्फत ३२ जिबीसम्म मेमोरी विस्तार गर्न सकिने छ। पाँच मेगापिक्सेलको फ्ल्यासयुक्त क्यामेरायुक्त यो मोडेलमा एचडी भिडियोसमेत हेर्न र खिच्न मिल्छ। वाइफाई सुविधायुक्त यो सेटमा टाइप नगरी आवाजको मद्दतबाट विभिन्न फाइल, इमेल, कन्ट्याक्ट नम्बर, गीतलगायत सामग्री खोज्न मिल्छ।
यसैगरी ब्ल्याकबेरी कर्भ-९३६० मा भने सजिलैसँग सामाजिक सञ्जालहरु प्रयोग गर्न मिल्छ। यसमा पनि शक्तिशाली प्रोसेसर, छिटो चल्ने ब्राउजर र ५ मेगा पिक्सेलको फ्ल्याससहितको क्यामरा सुविधा छन्।
ब्ल्याकबेरी कर्भ -९३८० भने पूर्ण टच डिस्प्ले भएको पहिलो ब्ल्याकबेरी कर्भ मोडेल हो। यसमा ३.२ इन्चको डिस्प्ले छ। ब्ल्याकबेरी मेसेन्जर, फेसबुक, टि्वटर तथा अन्य सामाजिक सञ्जालहरु यसमा पहिले नै इन्स्टल गरिएको छ।
ब्ल्याकबेरी बोल्ड-९७९०मा भने टच स्वि्र्कन तथा क्वेर्टी की प्याडको सुविधा छ। यसमा भएको शक्तिशाली प्रोसेसर, आवाजको मद्दतबाट चाहेको कुरा खोज्न मिल्नेजस्ता सुविधा छन्।
यसमा कम्पास, जिपिएसलगायत सुविधा पनि छन्। यसमा पनि ब्ल्याकबेरी मेसेन्जर, फेसबुक, ट्विटर तथा अन्य सामाजिक सञ्जालहरु यसमा पहिले नै इन्स्टल गरिएको छ। टेलिटकले सबै ब्ल्याकबेरी स्मार्टफोनमा १ वर्ष र ब्याट्री तथा चार्जरमा ६ महिनाको वारेन्टी दिन्छ।
प्रकाशित: १३ वैशाख २०६९ ०९:२७ बुधबार





