नागरिकन्युजको इमेलमा आज बिहान आएको एउटा इमेलमा यस्तै देखिएको छ। बिहान ९ बजेर ३५ मिनेटमा आएको सो इमेलमा इन्भेस्टमेन्ट बैँकको लोगो प्रयोग गरी अनलाइन बैँक खातामा नयाँ सन्देश आएको व्यहोरा उल्लेख छ। सो इमेललाई मास्क प्रयोग गरी पठाउनेको इमेल ठेगाना बैँककै अर्थात् customerservice@nibl.com.np देखाइएको छ।

इमेलको भ्यु मेसेजमा क्लिक गर्दा सो बैँककै इ बैँकिङ साइटको हुबहु नक्कल गरिएको एउटा साइटमा पुगिन्छ। हेर्नुस्-

सक्कली वेबसाइट-

हेर्दा उस्तै देखिए पनि नक्कली साइटको एड्रेस बारमा भने नेपाल इन्भेस्टमेन्ट बैँकको ठेगाना नभई tennisandgolfbags.com रहेको छ। प्राविधिक रुपमा फिसिङ भनिने यस्ता साइटमा पासवर्ड राखे ती पासवर्ड यस्ता पासो थाप्नेको हातमा पर्छ। त्यसपछि ग्राहकको वास्तविक बैँक खातामा उनीहरुले नियन्त्रण गर्छन्। पासवर्ड पाएपछि उनीहरुले ग्राहकको खाताबाट रकम अर्कै खातामा सार्ने, सामान किन्ने जस्ता कार्य सजिलै गर्न सक्छन्।
प्रकाशित: २२ चैत्र २०६८ २२:४३ बुधबार





