२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

साइबर स्टकिङबाट बालबालिका बढी प्रभावित

काठमाडौँ - विद्युतीय सञ्चारमाध्यममा हुने विभिन्न अपराधमध्ये साइबर स्टकिङबाट पनि ग्राहकलाई नकारात्मक असर परिरहेको छ। कुनै व्यक्ति वा संस्थाको वेबसाइटमा निगरानी गर्दै जाने र त्यहाँका सम्पूर्ण गतिविधि थाहा पाएपछि ग्राहकलाई हतोत्साहित गर्ने प्रचलन बढेको प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक राजनराज पन्तले जानकारी दिए।

उक्त कार्यालयले यहाँ आयोजना गरेको मिडिया टक-टेक कार्यक्रममा इन्टरनेट प्रयोगकर्तामध्ये २४ प्रतिशतलाई इमेलबाट मेसेज पठाएर, ११ प्रतिशतलाई फोनबाट, १०.५ प्रतिशतलाई टेक्स मेसेजबाट र ९.५ प्रतिशतलाई फेसबुकको माध्यमबाट हतोत्साहित गर्ने गरेको उनले बताए।

अनलाइन वा अफलाइनमा रहेर पनि इन्टरनेट प्रयोगकर्ताका सबै गतिविधि निगरानी गरेर पासवर्ड पाएपछि गलत तत्वले विभिन्न माध्यमबाट भाइरस, भ्वाइस मेल, अश्लील दृश्य पठाउने गरेका हुन्छन्।

यस्ता अपराधबाट महिला तथा १८ वर्षमुनिका बालबालिका प्रभावित हुने गरे पनि नेपालमा भने यस्तो अपराध हालसम्म नपाइएको नियन्त्रक पन्तले बताए। रासस

प्रकाशित: १६ मंसिर २०६७ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App