१६ चैत्र २०८० शुक्रबार
प्रविधि

चन्द्रयान–२ः नासाकाे ट्वीटले तातेकाे भारतीय सामाजिक सञ्जाल

नयाँ दिल्ली– भारतीय अन्तरीक्ष संगठन (इसराे) को दोस्रो मून मिसन चन्द्रयान–२ सोमबार सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो यान प्रक्षेपणका लागि यसअघि १५ जुलाईमा पनि प्रयास गरिएको थियो। तर, प्रक्षेपणको समयमा प्राविधिक गडबडीका कारण असफल भएको थियो।

चन्द्रयान–१ को खोजीलाई अगाडी बढाउनका लागि चन्द्रयान–२ लाई पठाएको इसरोले बताएको छ। चन्द्रमाको सतहमा अति विरल वातावरणमा पानीको अणुहरुको वितरणको अध्ययन गर्नु नै चन्द्रयान–२को मुख्य उद्देश्य रहेको बताइएको छ। चन्द्रयान–२लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराइने छ। चन्द्रमाको यो भागमा अहिलेसम्म कसैले परीक्षण गर्न नसकेको इसरोले दाबी गरेको छ।

चन्द्रयान–२ प्रक्षेपणका लागि इसरोको सफलतामा सबैतिरबाट बधाई सन्देश पाइरहेका बेला नासाले गरेको एउटा ट्वीटप्रति भने भारतीयहरु रिसाएका छन्। नासाले चन्द्रयान–२ को सफल प्रक्षेपणका लागि इसरोलाई बधाई दिदै ट्वीटमा लेखेकाे थियो, 'इसरोको चन्द्रयान–२ को प्रक्षेपण गरेकोमा बधाई, हामीलाई गर्व छ कि तपाईको मिशनमा हाम्रो डीप स्पेस नेटवर्कको प्रयोग गरियो। हामी चन्द्रमाको दक्षिणी ध्रुबको बारेमा तपाईको जानकारीका लागि उत्सुक छौं। किनभने आउदो समयमा हामी आर्टेमिस मिशनका लागि हाम्रो अन्तरिक्षयान पठाउदै छौं।’

नासाले गरेको यो ट्वीटले भारतीयमा सामािजक सञ्जाल तताएकाे छ। केतन नामका प्रयोगकर्ता लेख्छन् 'के नासा इसरोलाई हेपिरहेको छ या बधाई दिदैछ?' यस्तै, अर्का अनिल शर्मा नाम गरेका प्रयाेगकर्ता लेख्छन्र, 'हाम्रो डीप स्पेस नेटवर्क, नासाले यो विषयलाई यसरी प्रस्तुत गर्यो कि प्रयास मेहेनत गरिरहेको एउटा विद्यधार्थीले कसैको पुस्तकालयको किताव पढेर टप गर्न सफल भयो।'

आफ्नाे आलोचना भएपछि नासाले आफ्नो ट्वीटबारे सफाई दिइएको थियो। नासाले आफ्नो सफाईमा विश्वमा हुने खोज अभियानहरुमा आफुहरुले मद्दत गर्दा गर्वको महशुस हुने र वैश्विक सहयोग नै नासाको मूल सिद्धान्त भएको बताएको थियो।

चन्द्रयान–२ मिशनको प्रक्षेपणको समयमा कन्ट्रोल रुममा बसेका इसरोका अधिकारीहरुले तनावलाई आउन नदिएर हरपल सतर्क थिए। जब जीएसएलवी एम–३ चन्द्रयान–२ लाई प्रक्षेपित गरियो तब वैज्ञानिकहरु नै उत्सुकतामा आफ्नो सीट नै छोडेर उफ्रिएका थिए। उनीहरु खुशी देखिन्थे, र एकअर्कालाई बधाई दिइरहेका थिए। यहीं क्रममा भारतय अन्तरिक्ष अनुसन्धान सँगठन(इसरो) का अधिकारी तथा सन्चारकर्मीहरु ताली बजाइरहेका थिए। यो प्रक्षेपण हेर्नका लागि आसपास रहेका घरका छतहरुमा मानिसहरुको भीड नै लागेको थियो।

चन्द्रयान–२ लाई सोमवार दिउँसो २ बजेर ४३ मिनेटमा आन्ध्रप्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। प्रक्षेपण गरिएको १७ मिनेटपछि यान सफलतापूर्वक पृथ्वीको कक्षमा पुगेको थियो।

भारतले ५० वर्ष पहिला आफ्नो अन्तरिक्ष कार्यक्रम लन्च गरेको थियो। १९७४ मा परमाणु परीक्षणपछि पश्चिमी देशहरुले भारतलाई प्रतिबन्ध लगाएका थिए। यसपछि भारतले आफ्नो योजना र रकेट विकसित गर्नका लागि काम शुरु गर्यो। सो समयदेखि इसरोले आयातको निर्भरतामा कम गरिदिए। यो भारतको निजी पक्षबाट सम्पूर्ण स्रोतहरुको व्यवस्था गर्दै आएको छ। (एजेन्सीहरूकाे सहयाेगमा)

प्रकाशित: ८ श्रावण २०७६ ०८:२० बुधबार

इसराे नासा चन्द्रयान–२