१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

एस्ट्रोनोमी ओलम्पियडका लागि लोगो प्रतियोगिता

काठमाडौं - छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडका लागि लोगो प्रतियोगिता आयोजना गरिएको छ। उत्कृष्ट लोगोलाई छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियड २०१९ को औपचारिक लोगो बनाइने आयोजकले जनाएको छ।

राजधानीमा आयोजित कार्यक्रममा उत्कृष्ट लोगो बनाउने कलाकारलाई पाँच हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने नेपाल एस्ट्रोनिमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। नेपाली समाजमा राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियडसम्बन्धी जनचेतना जगाउन सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिँदै आएको छ। लोगोमा खगोल विज्ञान, शिक्षा, नेपाल र छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियड २०१९ झल्किनुपर्नेछ । 

 

प्रकाशित: १० मंसिर २०७५ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App