
'गाउँका उपभोक्तामा मोबाइल टेलिफोनको पहुँच पुर्याउन हामीले सस्तोमा सेटसहितको सिमकार्ड दिने योजना ल्याएका हौं,' एनसेलका प्रमुख कार्यकारी पासी कोइस्टिनले भने। एलसेलको प्रमुख लगानीकर्ता टेलिसोनेराले युरोपमा यस्तो प्रकारको स्किम ल्याउँदा धेरै ठूलो प्रतिक्रिया पाएकोले नेपालमा पनि सुरु गरेको हो।
नेपालमा अहिलेसम्मको सबैभन्दा सस्तो यो सिमकार्डमा ९९ रुपैयाँ टकटाइम भ्यालु (कुराकानी गर्न सकिने मूल्य) समेत राखिएको छ। बजारमा जिएसएम ब्रान्डेड मोबाइल सेटको मूल्य कम्तिमा तीनहजार रुपैयाँको हाराहारीमा पर्छ। चिनियाँ सेट पनि सस्तोमा दुई हजार रुपैयाँ पर्छ। तर, एनसेलले जेडटिईको ब्रान्डेड सेटलाई ११ सय ३० रुपैयाँमा दिने घोषणा गरेको छ।
एनसेलले वितरण गर्न लागेको मोबाइल सेटमा ६ महिनाको वारेन्टी सुविधा पनि छ। त्यो समयभित्र बिग्रेमा निशुल्क मर्मत र साटफेरको सुविधा पनि छ।
एनसेलले पहिलो चरणमा यी सेटहरु वागमती अञ्चलभन्दाबाहिर वितरण गर्ने जनाएको छ। 'बागमतीमा मोबाइल फोन धेरैको पहुँचमा पुगिसक्यो, हामी नेपालको अरु ठाउँलाई पनि सञ्चारको पहुँचबाट जोड्न चाहन्छौं,' कोइस्टिनले भने।
बागमतीबाहेक १३ वटै अञ्चलमा एनसेलले मंगलबारदेखि सेट सहितको सिमकार्ड सहुलियत मूल्यमा वितरण गर्दैछ।
एनसेलका ग्राहकसेवा केन्द्र, निजी वितरकहरुसँग पनि सिमकार्ड सहितको सेट किन्न सकिनेछ। सेट वितरणलाई प्रभावकारी बनाउन कम्पनीले वागमती अञ्चल बाहिर मोबाइल भ्यान परिचालन गरेर ग्राहकले सजिलै पाउनसक्ने सुविधा मिलाइएको कम्पनीले जनाएको छ। 'हामी ग्राहकको माग भएसम्म सेट वितरण गर्नसक्ने गरी आएका छौं,' पासीले भने।
नेपाली भाषामै चलाउन सकिने यो सेटले एनसेलको नेटवर्कमा मात्र काम गर्छ। यसमा रहेको एनसेलको सिमकार्ड झिकेर अर्को कम्पनीको सिमकार्ड राख्दा काम गर्दैन। 'यो सेट बिशेषरुपमा एनसेलको नेटवर्कमा मात्र चल्नेगरि बनाइएको छ, अरु कम्पनीको सिमकार्ड राख्दा काम दिदैन,' एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सन्जु कोइरालाले भनिन्।
एनसेलले अर्को चरणमा मध्यम र उच्च वर्गका मोबाइल उपभोक्तालाई ब्ल्याकबेरी सहुलियत मुल्यमा वितरण गर्ने योजना बनाइरहेको छ। 'समय आएपछि हामी त्यो पनि सार्वजनिक गर्छौ,' पासीले भने।
नागरिकन्युज विश्वकप विशेषका आकर्षण
रेफ्रीले मेसीलाई सुरक्षा दिएनः म्याराडोना
फ्रिकिक विज्ञ छन् जापानसित, पेनाल्टी बक्स वरपर फाउल खेल्दैनौँ: पाराग्वे
आजका खेलहरुमा कसले जित्ला (पूर्वसमीक्षा)
धुँवाको मुस्लो उडाउँदै म्याराडोना आजको खेलमा हेर्नैपर्ने खेलाडीहरु
चिलीलाई पाखा लगाउँदै ब्राजिल क्वार्टरफाइनलमा
१२ वर्षपछि नेदरल्यान्डस फर्कियोजर्मनीसँगको लज्जास्पद पराजयपछि पनि इंग्ल्यान्डका प्रशिक्षकले पद नत्याग्ने
इङ्ल्यान्ड एउटा टोलीको रूपमा थिएनः जर्मन स्ट्राइकर क्लोज
साकिराको 'वाकावाका'को मौलिक रुप यस्तो छ
लज्जास्पद हारपछि के लेखे बेलायती मिडियाले?
प्रकाशित: १४ असार २०६७ २१:०० सोमबार





