स्पाइस नेपालको नाममा जिएसएम प्रविधिको मोबाइल चलाउन लाइसेन्स पाएको यो कम्पनीले तीन महिना अघि मेरो मोबाइलको ब्रान्ड ब्रान्ड फेरेर एनसेल भएको छ।
ग्राहकहरुको संख्या अत्यधिक रुपमा बढ्दै गएकाले नयाँ नम्बर श्रेणीमा जानुपरेको एनसेलकाका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनले बताए। ९८१ बाट सुरु हुने मोबाइलमा भने यसअघि एनसेलको आफ्नै नेटवर्कमा कुराकानी गर्दा पछाडिका सात अंकमात्र डायल गरेमात्र हुने सुविधा छैन। ९८१ बाट फोन गर्दा पूरै १० अंककै डायल गर्नुपर्ने कम्पनीकी कर्पोरेट कम्युनिकेसन मेनेजर सञ्जु कोइरालाले बताइन्।
'९८१ बाट सुरु हुने मोबाइल नम्बरबाट अरु कम्पनीको नेटवर्कमा कल गर्दा अगाडि ० अंक डायल गर्नुपर्ने झन्झट हुने छैन,' उनले भनिन्। अहिले एनसेलका ग्राहकले नेपाल टेलिकम, युटिएलको फोनमा कल गर्दा एरिया कोडको अगाडि '०' अंक डायल गर्नुपर्छ।
प्रविधि सहज बनाउने र ग्राहकले सजिलैसँग चलाउनको लागि कुनै सम्झौता नगर्ने क्रममा कम्पनीले कुनै काम बाँकी नराख्ने प्रमुख कार्यकारी कोइस्टिनले बताए। ९८१ नम्बरमा गएपछि एनसेलले थप एक करोड ग्राहकसम्म बढाउनसक्छ।
प्रकाशित: १३ असार २०६७ २०:५६ आइतबार





