८ वैशाख २०८१ शनिबार
प्रविधि

नेपाल टेलिकमको दसैं अफर

काठमाडौं- नेपाल टेलिकमले दसैंको अवसरमा विभिन्न छुट र अफर ल्याएको छ । विगतमा दसैं तिहारमा दिँदै आएको सुविधालाई यसपालि पनि निरन्तरता दिँदै थप केही अफर ल्याएको कम्पनीले जनाएको छ ।
रिचार्जमा बोनस
जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा  असोज पाँचदेखि १० गतेसम्म रिचार्ज गर्दा बोनस दिएको छ । ग्राहकले ५० देखि हजार रुपैयाँ रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस पाउनेछन् । १० र सो भन्दा बढी एमपिओएसमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
युट्युब डाटा प्याकेज
जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइलमा युट्यब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी, ६० रुपैयाँमा पाँच सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज असोज ५ देखि १९ गतेसम्म लिइसक्नु पर्ने टेलिकमले जनाएको छ ।
कम्बो प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा कम्पनीको नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजअन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, पाँचवटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज एक दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी, २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम तीन दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम पाँच दिन, सय रुपैयाँमा एक सय १० मिनेट भ्वाइस, ३० वटा एसएमएस र एक सय ५० एमबी डाटा भोल्युम १० दिन र तीन सय रुपैयाँमा तीन सय ६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ देखि १९ गतेसम्म लिइसक्नु पर्ने टेलिकमले जनाएको छ ।
भ्वाइस प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा कम्पनीको नेटवर्कभित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज एक दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी, २५ रुपैयाँमा ३० मिनेट तीन दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मिनेट पाँच दिन, सय रुपैयाँमा दुई सय मिनेट १० दिन र तीन सय रुपैयाँमा ६ सय ५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज असोज ५ देखि १९ गतेसम्म लिइसक्नु पर्नेछ ।
पिएसटिएन÷सी–फोन सेवामा बोनस
पिएसटिएन र सी–फोन सेवाका ग्राहकलाई न्यूनतम मासिक महसुल दुई सय रुपैयाँमा एक सय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा सय–सय स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल दुई सय ७५ कल निःशुल्क उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
एसएमएसमा छुट
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोस्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा असोज ११ देखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस उपलब्ध हुनेछ ।
फोरजी सिम निःशुल्क परिवर्तन
कम्पनीले असोज ५ देखि कात्तिक ३० सम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाडौ, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरमार्फत उपलब्ध हुने टेलिकमले जनाएको छ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने छ ।
एडिएसएल÷एफटिटिएच÷वाइम्याक्स अफर
असोज ११ देखि १८ गतेभित्र अनलिमिटेड र भोलुम बेस्ड एडिएसएल एकाउन्ट, वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकको समयावधि असोज १९ सम्म थप गरिएको छ ।

प्रकाशित: ६ आश्विन २०७४ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App