१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

दुई दिनमा म्यादी प्रहरीका लागि २७ हजारको आवेदन

फाइल तस्बिर

प्रतिनिधि सभा निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी)का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ देखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट इच्छुकहरूले आवेदन दिइरहेका छन् ।

दुई दिनमा २७ हजार भन्दाबढी आवेदन सङ्कलन गरिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए ।  

नेपाल प्रहरीले यसपटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ । निर्वाचन प्रहरी भर्ना र परिचालन गर्न अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

दरखास्त आह्वान गरेको दोस्रो दिन शनिवार १७ हजारले आवेदन दिएका छन् । माघ १ गतेसम्म निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिन सकिने छ ।

यस पटक सशस्त्रले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ । सशस्त्रले जिल्ला सुरक्षा समिति मार्फत आवेदन लिएर निर्वाचन प्रहरी भर्ना गर्दै छ । सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना लिँदै छ ।  

 

प्रकाशित: २७ पुस २०८२ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App