coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

सामसङ इनोभेसन क्याम्पसकाे कोडिङ र प्रोग्रामिङको कोर्स समापन

सामसङको फ्ल्यागशिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले आयोजना गरेकाे त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स समापन गरेको छ।  

विद्यार्थीहरूलाई शिक्षाराज्यमन्त्री, प्रमिलाकुमारी, सामसङको दक्षिण–पश्चिमएसिया, नेपाल कार्यालयका प्रमुख सुंग जुनपार्क, र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर रामजोशीको उपस्थितिमा प्रमाणपत्र प्रदान गरिएकाे थियो।  

कार्यक्रममा बाेल्दै सामसङ दक्षिण–पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुनपार्कले विद्यार्थीहरूको उत्सुक सहभागिता र विश्वविद्यालय सहयोगमा कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा खुसी व्यक्त गरे। 

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो। यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफथिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना गरेको थियो, जसले नेपालमाब लियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने छ। कोर्सहरूका लागि छनोट हुनको लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वशर्तहरू रहेका छन्।

'नेपालमा यो प्रतिष्ठित कोर्स सञ्चालन गर्न पाउँदा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ प्रसंनित छ। यो हाम्रा विद्यार्थीहरूको विकास र उत्थानको लागि सहायक हुनेछ। हामीले कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गर्यौँ जसको लागि हामी निक्कै आभारी छौँ ।  त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई हृदयदेखि धन्यवाददिन चाहन्छु,' त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर रामजोशीले भने।

प्राविधिक प्रशिक्षणको साथसाथै, यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरुलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ। यसले समस्या समाधानगर्ने क्षमताहरूलाई पनि निखार्छ  जसले विद्यार्थीहरूलाई नवीनविचारकर्ता बन्न सक्षम बनाउँछ। प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् ।

प्रकाशित: १२ जेष्ठ २०८० ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App