१६ चैत्र २०८० शुक्रबार
प्रविधि

ओप्पोले एकै पटक ५ देशमा एफथ्री प्लस सार्वजनिक गर्दै

काठमाडौं - ओप्पोले आगामी मार्च २३ मा आफ्नो एफथ्री सिरिज अन्तर्गतको एफथ्री प्लस स्मार्टफोट सार्वजनिक गर्ने भएको छ । 
नयाँ डुअल सेल्फी क्यामेरा सहितको उक्त फोन एकै पटक विश्वका पाँच बजार मार्फत सार्वजनिक गर्ने कम्पनीले जनाएको छ  । ‘सेल्फी एक्स्पर्ट’का लागि यसमा रहेको ओप्पोकै पहिलो डुअल सेल्फी क्यामेरा एफथ्री सिरिजकै प्रमुख विशेषता हो । यसमा उपलब्ध गरिएको १६ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा र ८ मेगा पिक्सेलको सव क्यामेराले उच्च गुणस्तरीय तस्विर खिच्ने कम्पनीको दाबी छ । 


भारत, ईन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिज अन्तर्गतको एफथ्री प्लस एकै पटक सार्वजनिक गर्ने तयारी गरेको हो । 
‘उत्पादनमा नवप्रवद्र्धन ओप्पोको मूल उद्देश्य तथा प्रमुख ब्राण्ड भ्यालू हो’ ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक स्काइ लीले भने ‘एफथ्री सिरिजले सेल्फी प्रविधिलाई नयाँ उचाइमा लैजाँदै नयाँ ट्रेण्ड सेट गर्नेमा हामी विश्वस्त छौँ ।’ नयाँ प्रविधिले उल्लेख्य सफलता हात पार्नुका साथै अन्यले समेत पक्ष्याउने उदाहरण निर्धारित गर्ने उनले विश्वास व्यक्त गरे । 

प्रकाशित: ३ चैत्र २०७३ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App