महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ।
ए क्युब प्रमोसनले आयोजना गरेकाे कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए। डा. भण्डारी ललितकला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन्।
कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ। वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए।
डा. लम्सालले काव्यका केही र केही निजी सन्दर्भ सुनाइरहँदा दर्शकहरू निकै प्रफुल्ल भएका थिए।
महाकाव्यकार लम्साल बाँसुरी लिएर मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन्। आफैं पनि लामो समय रेडियो प्रसारणमा बिताएका डा. लम्सालले कविता वाचिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका दिनको याद गरेका थिए।
ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। डा. लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन्। उनका १४ पुस्तक प्रकाशित छन्।
प्रकाशित: १ पुस २०८२ १२:५० मंगलबार



-600x400.jpg)

-600x400.jpg)