११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘हामी तीन भाइ’को सेन्सर पास

मधुसूदन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को सेन्सर पास भएको छ। चलचित्रले अगामी चैत १३ गते शुक्रबारदेखि प्रदर्शनको अनुमति पाएको हो।  

सेन्सरबोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। अब चलचित्र सबै उमेर समुहका व्यक्तिले हेर्न सक्छन्। चलचित्र  समाजिक तथा कमेडी जनरामा अधारित रहेको छ।

प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। विनोद न्यौपाने, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल,लक्ष्मी वर्देवा, कुशल विष्ट, रवीन्द्र झा, विष्णु सापकोटा, अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी, गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् भने सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

प्रकाशित: १० चैत्र २०८२ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App