९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : आज निर्णायक मतदान, तयारी पूरा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आज मतदान हुँदैछ। 

मतदानको तयारी तीव्र पारिएको छ। नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा बिहानैदेखि चहलपहल बढेको छ। उम्मेदवार र समर्थक देशभरबाट आएका प्रतिनिधिसँग मत मागिरहेका छन्।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन्। 

८० विद्युतीय भोटिङ मेसिनमार्फत हुने मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

निर्वाचन ४ बजेदेखि सुरु हुनेछ। अब केही बेरमा प्रतिनिधिहरूलाई कसरी भोट हाल्ने भनेर प्रशिक्षण दिने काम सुरु गरिने जानकारी दिइएको छ।

प्रकाशित: १ पुस २०८२ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App