२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

भीओआइपीसहित वायरलेस ब्रोडब्यान्ड खुला गर्न सिफारिस

काठमाडौं, चैत १८ (नागरिक) - दूरसञ्चार प्राधिकरणले लामो तयारीपछि तारहित ब्रोडव्याण्ड इन्टरनेट सेवा वाइम्याक्स खुल्ला गर्न प्रक्रिया बढाएको छ।

प्राधिकरणको हालै बसेको बैठकले ग्रामिण क्षेत्रमा तारहत ब्रोडव्याण्ड इन्टरनेट सेवा खुल्ला गर्न सञ्चार मन्त्रालयलाई सिफारिस गरेको हो। नेपालमा अहिलेसम्म वाइम्याक्स प्रविधिबाट इन्टरनेट सेवा चलाउन कुनै पनि संस्थाले स्विकृती पाएका छैनन्। एकलाख रुपैयाँ लाइसेन्स शुल्क लिएर भिओआइपी सहित ब्रोडव्याण्ड वाइम्याक्स इन्टरनेट चलाउन प्राधिकरणले सिफारिस गरेको छ।

वाइम्याक्स तार बिनानै उच्चगतिको इन्टरनेट चलाउने प्रविधि हो। मोबाइल टेलिफोनको जस्तै टावरबाट प्रशारण हुने वाइम्याक्सको तरंगलाई कम्प्युटरले समातेर इन्टरनेट चलाउन र टेलिफोन कुराकानी गर्न सकिन्छ।

अहिलेसम्म वाइम्याक्स प्रविधिबाट इन्टरनेट चलाउन र त्यसलाई भिओआइपी मार्फत टेलिफोनमा लैजान कानुनी रुपमा पाइदैन। प्राधिकरणले भिओआइपी सेवा खुल्ला गर्ने तयाको क्रममा तारहत ब्रोडव्याण्ड वाइम्याक्सबाट टेलिफोन कलको आदान प्रदानलाई समेत स्विकृत दिन सिफारिस गरेको हो।

'प्राधिकरणले इन्टरनेटको माध्यमबाट कुराकानी समेत गर्न मिल्ने गरि तारहत ब्रोडव्याण्ड खुल्ला गर्न मन्त्रालयमा सिफारिस गरेको छ,' प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। इन्टरनेट सेवा नपुगेका ३८ जिल्लामा टेलिफोन समेत चल्नेगरि ब्रोडव्याण्ड सेवा चलाउन नयाँ सेवा प्रदायक ल्याउने तया सरकारको छ।

एशियाली विकास बैंकको सहयोगमा ग्रामिण क्षेत्रमा भिओआइपी टेलिफोन समेत चल्नेगरि ब्रोडव्याण्ड सेवा चलाउने तया भएको छ। उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेटबाट टेलिफोन गर्न र बाहिरबाट आएको कललाई टेलिफोनमा टर्मिनेट गर्न पाइने प्राधिकरणका एक अधिकारीले बताए।

तारहत ब्रोडव्याण्डबाट एकैपटक उच्चगतिको इन्टरनेट र टेलिफोन कुराकानी गर्न मिल्छ। गाउँमा समेत उच्चगतिको इन्टरनेट र इन्टरनेटबाटै टेलिफोन चल्नेगरि यस्तो नयाँ सेवा सुरु गर्न लागिएको हो। यो सेवा चलाउने कम्पनीलाई सरकारले सुरुमा अनुदान दिने योजना बनाएको छ।

एसियाली विकास बैंकले गाम्रीण क्षेत्रमा ब्रोडव्याण्ड इन्टरनेट सहितको आइपी टेलिफोन चलाउन सहयोग गरेको छ। सञ्चार मन्त्रालयले वाइम्याक्स प्रविधि खुल्ला गर्ने निर्णय राजपत्रमा प्रकाशित भएपछि सेवा प्रदायक छनौट गर्न टेण्डर आव्हान गर्ने योजना प्राधिकरणको छ।

प्राधिकरणले एउटै मात्र कम्पनीलाई भिओआइपी खुल्ला गर्नेगरि सेवा चलाउन दिने सिफारिसलाई अन्य सेवा प्रदायक कम्पनीले भने विवादास्पद निर्णयको रुपमा दिएका छन्।

प्रकाशित: १८ चैत्र २०६६ ००:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App