१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रविधि

गुगलले ल्यायो एलो एप

क्यालिफोर्निया–गुगलले आफ्नो नयाँ फिचरका रुपमा एलो एप सार्वजनिक गरेको छ । गुगलले सार्वजनिक गरेको एलो एप ह्वाटस्एप जस्तै हुने र प्रयोगकर्ताले आफ्नो फोनमा भएको फोन नम्बरको प्रयोग गरी साथी खोज्न तथा उनीहरुसँग कुरा गर्न सक्ने जनाएको छ ।

गुगलले आफ्नो नयाँ म्यासेजिङ एप एप्पलको आइओएस तथा एन्ड्रोइड स्मार्टफोनका प्रयोगकर्ताले प्रयोग गर्न सक्ने र यो विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध भएको जनाएको छ । उसले प्रयोगकर्ताले एलो एप गुगल प्ले स्टोरमा गई डाउनलोड गर्न सक्ने जनाएको छ ।

एलो एपका प्रयोगकर्ताले यस एपलाई म्यासेज एप तथा फोटो शेयरिङकासाथै आफूलाई चाहिएको अन्य जानकारीकालागि समेत प्रयोग गर्न सक्नेछन्। यसबाट प्रयोगकर्ताले फ्लाइट डिटेल, नजिकका रेस्टुरेन्ट जस्ता जानकारी समेत खोज्न सक्ने कम्पनीले जनाएको छ। यस एपमा प्रयोगकर्ताले इन्ड टु इन्ड एनक्रिप्सनकोे प्रयोग गरी आफूले सेट गरेको समयमा च्याट डिलिट गर्न सक्छ ।

यसमा प्रयोगकर्ताले गेमसमेत खेल्न सक्नेछन् । तर यसको प्रयोग गरी डाटा आदानप्रदान गर्न तथा भ्वाइस कलिङ भने गर्न नसकिने कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष एक कार्यक्रममा एलो एप सार्वजनिक गर्ने बताएको थियो।

 

प्रकाशित: ६ आश्विन २०७३ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App