यदि कसैले कल एक्सेप्ट गरेन भने बीचमै पनि ग्रुप कुराकानीमा जोइन गर्न सकिने सुविधा फेसबुक मेसेन्जरले दिएको छ। कल डायल गरेपछि तपाइँ ग्रुप सदस्यहरु कोही इनएक्टिभ भए तपाइँले देख्न पनि सक्नुहुनेछ। पहिलो पटक कोही ग्रुप कुराकानीमा नआए तपाइँ दोस्रो पटक पनि कुराकानीमा सहभागी हुन रिक्वेष्ट पठाउन सक्नुहुन्छ।
फेसबुकका अनुसार एक पटककमा बढीमा ५० जनाले एकैसाथ कुराकानी गर्न सक्नेछन्। अर्थात् ५० भन्दा बढी सदस्य ग्रुपमा राख्न सकिँदैन। यसअघि यो लिमिट १२ जना थियो। पछि यो संख्या बढाइएको हो।
फेसबुकले २०१३ मा भिओआईपी (भोइस आवर इन्टरनेट प्रोटोकल) अर्थात् अडियो कलिङ सेवा सुरुवात गरेको थियो। त्यतिबेला एक पटकमा एक जनासँग मात्र कुराकानी सकिन्थ्यो। विश्वभरि फेसबुक लोकप्रिय भएसँगै सन् २०११ मा छुट्टै मेसेन्जर एप सार्वजनिक गरिएको थियो। एन्ड्रोइड र आइओएसमा उपलब्ध यो एप इन्स्टेन्ट मेसेज सर्भिस तथा टेक्स तथा भोइसको लागि विश्वभरि रुचाइएको छ।
फेसबुक मेसेन्जरका एक्टिभ युजर्स मासिक ८ सय मिलियन रहेका छन्।
प्रकाशित: ९ वैशाख २०७३ ०४:४३ बिहीबार





