२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

तेल संकटले एसियामा तनाव

मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ।

लमजुङमा आफ्नै जिपले च्याप्दा चालकको मृत्यु

लमजुङको दोर्दी गाउँपालिकामा पार्किङ गरिराखेको आफ्नै जिपले च्याप्दा एक चालकको ज्यान गएको छ।

हर्क साम्पाङको जित भुइँमान्छेको विजय : ज्ञानेन्द्र शाही

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हर्क साम्पाङको विजय सामान्य राजनीतिक सफलता नभई आम सर्वसाधारणको जित भएको ज्ञानेन्द्र शाहीले बताएका छन् ।

निर्वाचन प्रहरीलाई बिहीबार सम्मानसहित बिदा गरिने

निर्वाचन सुरक्षामा खटाइएका उनीहरूलाई अब औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको छ।

पर्साबाट २१३ किलो गाँजा बरामद

प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ।

राष्ट्रिय जनमोर्चाको त्यो विरासत, यो जमानत जफत

समयचक्र यसरी फेरियो कि राष्ट्रिय जनमोर्चाका गढ रहेको बागलुङमा यो निर्वाचनमा जनमोर्चाका उम्मेदवारले जमानत समेत जोगाउन नसक्ने अवस्था आयो।

बालेन्द्र प्रधानमन्त्री बने नेपाल-भारत सम्बन्ध कस्तो होला ?

पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने सम्भावनाले नेपालको आन्तरिक राजनीतिसँगै क्षेत्रीय कूटनीतिमा पनि नयाँ बहस सुरु भएको छ।

चलचित्र ‘एक भगवत र एक गीता’ युट्युवमा सार्वजनिक

सन् २०२३ मा प्रदर्शनमा आएको चलचित्र ‘एक भगवत र एक गीता’ दुई वर्षपछि युट्युवमा सार्वजनिक भएको छ।

विश्वकप विजेता भारतीय टोलीले एक अर्ब ३१ करोड भारु पुरस्कार पाउने

बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डले खेलाडीहरू, सहयोगी कर्मचारीहरू र छनोटकर्ताहरूलाई यो ऐतिहासिक उपलब्धिमा फेरि एक पटक बधाई दिन्छ र भविष्यमा उनीहरूको निरन्तर सफलताको कामना गर्दछ।’

युद्ध अन्त्य दाबीप्रति इरानको शङ्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’ दाबी गरे पनि तेहरानले भने लडाइँ आवश्यक परेसम्म जारी रहने सङ्केत दिएको छ।

खडेरीले बढायो प्रदूषण, मौसमविद् भन्छन् : पानी परेपछि घट्छ

मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ। पुराना गाडीले वायु प्रदूषण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलो धुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ।

विवाहमा गएका दुई किशोरीको शव नदीमा भेटियो, एक वेपत्ता

उनीहरू हिजो छिमेकीको विवाहमा गएका थिए। घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

ट्रम्पलाई आईआरजीसीको जवाफ : युद्ध कहिले सकिन्छ भन्ने निर्णय इरानले गर्छ

युद्ध कहिले सकिन्छ भन्ने निर्णय इरानले नै गर्ने उसले बताएको छ। आईआरजीसीले चेतावनी दिँदै यदि अमेरिका र इजरायली आक्रमण जारी रहेमा यो क्षेत्रबाट ‘एक लिटर पनि तेल निर्यात गर्न दिइने छैन’ भनेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका–२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ।

मैवाखोलाले अर्थ तथा सामाजिक लेखा समिति बनाउने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको अर्थ तथा सामाजिक लेखा समिति बनाउने गरी प्रकृया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्