२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

हवाई इन्धन चोरी गर्ने पेट्रोलपम्प सञ्चालकसहित सात जना पक्राउ

ट्याङ्करबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा पर्सा प्रहरीले पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई बिहीबार बेलुका नियन्त्रणमा लिएको छ ।

वीरगन्जको गण्डक क्षेत्रमा रहेको सौदागर पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्याङ्करबाट इन्धन चोरी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक  चक्रबहादुर मल्लले बताएका छन् ।  

बेलुका ५ बजे तिर  सैदागर पेट्रोल पम्पमा हवाई इन्धन ट्याङ्करबाट चोरी  गरि रहेको विशेष सूचना आए पछि प्रहरी टोली त्यसको  अनुसन्धान खटेको उनले बताए।      

पेट्रोल पम्पबाट हवाई इन्धन बोकेको  ना ७ ख १५३९ नम्बरको इन्धन चोरी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धानको लागि लिएर आएको उनले बताए।  

प्रहरीले करिब ३ घण्टासम्म सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुलाई रंगेहात पक्राउ गरेको पर्सा प्रहरीले दाबी गरेको छ।

पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरिएको छैन ।

प्रकाशित: २१ श्रावण २०८३ २१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App