२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

घाइते फुटबलर आशिष राईको उपचार गर्न एन पेनाङ एफसीको अग्रसरतामा करिब १२ लाख रुपैयाँ जुट्यो

मैदानमा गम्भीर घाइते भई उपचाररत युवा नेपाली फुटबलर आशिष राईको सहयोगार्थ वैदेशिक भूमिमा सक्रिय नेपाली फुटबल क्लबहरूले उदाहरणीय अग्रसरता देखाएका छन्।  

मलेसियास्थित 'एन पेनाङ एफसी'को विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कुल ११ लाख ८४ हजार १६१ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ।

आशिषको उपचार खर्च जुटाउने मुख्य उद्देश्यका साथ मलेसियामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजबाट २१,१४४ मलेसियन रिङ्गिट (करिब ७ लाख ८४ हजार १६१ रुपैयाँ) संकलन भएको थियो।  

उक्त अभियानलाई ऐक्यबद्धता जनाउँदै अष्ट्रेलियास्थित 'नेपबोर्न एफसी'ले थप ४ लाख रुपैयाँ हस्तान्तरण गरेपछि कुल रकम करिब १२ लाख रुपैयाँ पुगेको हो।

मैत्रीपूर्ण सिरिज र भेटेरान्स म्याचमार्फत सहयोग संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन भएका थिए।

यसैगरी, खेल भावना र सहयोगको सन्देश फैलाउन भेटेरान्सतर्फ समेत विशेष खेल समेत आयोजना गरिएका थिए। एन पेनाङ एफसी भेटेरान्स र झापा भेटेरान्सबीच खेलिएको मैत्रीपूर्ण खेलहरूबाट संकलित सम्पूर्ण रकम आशिष राईको उपचार कोषमा जम्मा गरिएको छ।

प्रकाशित: २१ श्रावण २०८३ २१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App