१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

संसदमा पुग्यो कोरियाको विश्वकप असफलता

दक्षिण कोरिया फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक होङ म्युङ बोले फिफा विश्वकपको समूहचरण पार गर्न आफ्नो टोली असफल हुनुमा आफूले पूर्ण जिम्मेवारी लिएको बताएका छन्।

ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित पाँच नेपाली पर्वतारोही सम्पर्कविहीन (नामसहित)

पाकिस्तानस्थित काराकोरम हिमश्रृंखलाको ८,०४७ मिटर अग्लो ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका छन्।

धार्मिक सद्भाव बिथोल्ने गतिविधि नगर्न प्रहरी महानिरीक्षक कार्कीको अपिल

पछिल्लो समय सुनसरीलगायत पूर्वी तराईका केही क्षेत्रमा देखिएको तनावबिच नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न अपिल गरेका छन्।

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन्।

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित, कुन-कुन हुन् ?

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ।

ट्रम्पद्वारा हमासको ‘पूर्ण निशस्त्रीकरण’ सम्झौताको घोषणा : गाजा शान्ति बोर्डले के भन्यो ?

अमेरिका, इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूको लामो प्रयासपछि तयार पारिएको यो सम्झौतालाई बोर्डले गाजामा दिगो शान्ति र सुरक्षातर्फको एक ‘ऐतिहासिक सफलता’ भनेको छ।

सुनसरी-सिरहा घटनाको विरोधमा मलंगवा बन्द, हिन्दु सम्राट सेनाको प्रदर्शन

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिरहामा भएको घटनाको विरोधमा हिन्दुवादी संगठन हिन्दु सम्राट सेनाले शुक्रबार बिहानदेखि सदरमुकाम मलंगवा बजार बन्द गराएको छ।

जापान भूकम्प : क्षतिग्रस्त एक भवनबाट २५ बिरालालाई उद्धार गरियो

ठूलो भूकम्पपछि विस्फोटले ध्वस्त भएको जापानको एक सपिङ मलभित्र फसेका २५ बिरालालाई उद्धार गरिएको जापानी उद्धारकर्मीहरूले बिहीबार जनाएका छन्।

देश छाड्न खोज्नेहरूको ताँती

सरकारले स्वदेशमा भनेजस्तो रोजगारीको वातावरण नबनाइदिएका कारण देश छाड्न खोज्नेहरूको ताँती झन् भयावह बनेको छ।

शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा रु पाँच लाख जम्मा भएको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने युवक सर्लाही प्रहरीको नियन्त्रणमा

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने प्रकृतिका भ्रामक तथा झुटा सूचना प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

वार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

उद्धार गरिएका मात्र थोरै संंख्यामा मात्र बेचबिखनको मुद्दा चलेको थियो।

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ।

यस्तो छ आज कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

कुटपिटबाट महिलाको हत्या गर्ने एक जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ भने घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्