१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अपराध

कुटपिटबाट महिलाको हत्या गर्ने एक जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ भने घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ।

असार ३१ गते बिहान करिब १०:५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवीमाथि मनोजप्रसाद कुर्मी र लक्कीप्रसाद पटेलले कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएकी लिलावती देवी उपचारका लागि असार ३२ गते साँझ ५:४० बजे नारायणी अस्पतालमा उपचारपछि डिस्चार्ज भएकी उनको साउन १४ गते साँझ पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरी चौकी गण्डकबाट प्रहरी सहायक निरीक्षकको प्रहरी टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरिको छ भने घटनामा संलग्न अर्का मनोज प्रसाद कुर्मीको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ।

प्रकाशित: १५ श्रावण २०८३ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App