भोटेकोशी–त्रिशूलीमा गएको बाढीले १९ पुल बगायो
भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ।
भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन बिनाअनुमति ड्रोन उडाउन पाइने विशेष व्यवस्था गरेको छ।
तिब्बती क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्दा बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले टिमुरे बजारदेखि रसुवागढी नाकासम्म ठूलो विनाश मच्चाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरूले यसलाई राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग माग गरेका छन्।
बाढीका कारण अवरुद्ध सडक पुनःसञ्चालन तथा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र गर्न पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।
बाढी पूर्वानुमान महाशाखाले दिउँसो २:१४ बजे सूचना जारी गर्दै जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भोटेकोशी नदीमा अकास्मात् आएको बाढीमा परी १२ जना घाइतेको जिल्ला अस्पताल, धुन्चेमा उपचार भइरहेको छ।
बुधबार बिहान तिब्बती क्षेत्रको भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा कुनै पनि संरचना बाँकी छैन। रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुंगानाले यस्तो जानकारी गराएका हुन्।
प्रहरीले बाढीबाट भएको क्षतिबारे पुष्टि नभएका सूचना सेयर गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने बताएको छ।
भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदसँग छलफल गरेका छन्।
चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ।
हिउँ पहिरोले ल्हेन्दे नदी थुनेर बाढी आएको प्रारम्भिक आकलन गरिएको छ।
उद्धार भएका मध्ये तीनैजनाको महाराजगञ्ज टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र स्याफ्रुबेसी प्रहरी चौकी प्रभावित भएका छन्।