१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो।

शवको पहिचान भने भएको छैन। बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ। उनीहरूलाई  विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ।

बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उनले जानकारी दिए।

प्रकाशित: १० भाद्र २०८३ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App