१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बाढीले धादिङबेंसी जाने त्रिशूलीमाथिको पुल बगायो

रसुवाबाट आएको बाढीले धादिङबेंसी जाने त्रिशूली नदीमाथिको पक्की पुल बगाएको छ। 

बुधबार बिहान चीनतर्फबाट आएको बाढीले रसुवादेखि धादिङसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। 

गजुरी गाउँपालिकाको फुर्केखोला–परेवाटार जोड्ने पक्की पुल बाढीले बगाएपछि पृथ्वी राजमार्ग हुँदै धादिङ सदरमुकाम जाने सहज सम्पर्क टुटेको छ। त्रिशूली नदीमाथिको उक्त पुल बाढीको तीव्र बहावका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएको छ। 

प्रकाशित: १० भाद्र २०८३ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App