प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदसँग बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतबारे छलफल गरिएको छ।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार, खोजी तथा राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
छलफलमा उनले प्रभावित नागरिकको सुरक्षा र राहतका लागि सरकार पूर्ण रूपमा खटिएको बताउँदै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापितलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिइसकेको बताए।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
प्रकाशित: १० भाद्र २०८३ १४:०५ बुधबार



-600x400.jpg)
