आन्तरिक पाहुनाको हिस्सा करिब ३५ प्रतिशत
आर्थिक शिथिलला, युवाको विदेश पलायन, कोरोना संक्रमण, हिडडुलमा केही अप्ठेरा लगायतका कारणले पछिल्लो पाँचवर्षमा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत खस्केको अनुमान पर्यटन व्यावसायीको रहेको छ।
आर्थिक शिथिलला, युवाको विदेश पलायन, कोरोना संक्रमण, हिडडुलमा केही अप्ठेरा लगायतका कारणले पछिल्लो पाँचवर्षमा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत खस्केको अनुमान पर्यटन व्यावसायीको रहेको छ।
मुख्य सिजन पाहुनाको कम आगमनमै गुजारेका पर्यटन व्यावसायीले पछिल्लो केहीदिनदेखि थोरै भएपनि राहतको सास फेर्न पाएको महसुस गरेका छन्। व्यावसायीलाई अफसिजनको यो बेला राहतको सास फेराउने माध्यम बनेका छन यहाँ आयोजित विभिन्न मेलामहोत्सव, जसले पोखरामा स्वदेशी र केही विदेही पाहुनालाई आकर्षण गरेका छन। केही पुराना र कतिपय नयाँ यी कार्यक्रमका कारण आन्तरिक पाहुना पोखरामा बढी भित्रिएको व्यावसायीको भनाई छ।
पोखरामा यात्रु सहित जहाज अवतरण गरेपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा फर्किनेमा यसअघि सबैभन्दा बढी यात्रु भुटानको ड्रुक एयरबाट फर्केका थिए। गतवर्ष सेप्टेम्बर ९ मा पोखराबाट ४२ जना यात्रु मात्र बोकेर ड्रुकको जहाज भुटान फर्केको थियो। तर, सिचुआनका अघिल्ला दुइ उडान भने पोखराबाट फर्किदा रित्तै थिए। अरु उडानमा पनि यात्रु थिएनन्। विहीबार भने सिचुआनको जहाज १ सय २६ यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि उडेको हो।
साहसिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित पोखरामा मंगलबारदेखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव आयोजना गरिएको हो। फेवातालको सिरान क्षेत्र पामेको फराकिलो फाँटमा आयोजित महोत्सवमा विभिन्न १५ वटा मुलुकका पाइलटले बेलुन उडाएका छन्।
भैरहवामा भईरहेका अन्तर्राष्ट्रिय उडान एकमहिनामै रोकिएपछि त्यसको असर आन्तरिक उडानमा पनि परिसकेको छ। अहिले पोखरा–भैरहवा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले उडान संख्या कटौती गरिसकेका छन्। बुद्ध एयरले उडान कटौती गरेर एउटामा झारेको छ भने यतीले उडान नै रोकेको छ। त्यत्ति मात्र नभई भैरहवा हुँदै विदेशी पर्यटक पोखरा भित्रिने अपेक्षा गरेका पोखराका पर्यटन व्यावसायी भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान कटौती भएपछि निराश बनेका छन्।
पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्षको टुर दी पोखरा कार्यक्रम हुने जानकारी दिए ।
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनि तयार रहेको भनेर संचारमाध्यममा समाचार पनि आउने गरेको छ। तर, दुईवर्ष पुग्नै लाग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन समयपछि नियमित अन्तर्राष्ट्रिय उडान होला भन्ने अझै निश्चित छैन।
पोखरा विश्वविद्यालयमा एउटै बिलमा दुईपटक भुक्तानी गरेको पाइएको छ। पोखरा विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजी विभागले एउटा प्रोजेक्ट अन्तर्गत ल्याइएको सामानको एउटै बिलको दुईपटक भुक्तानी गरेर घोटाला गरेको खुलेको हो।
पोखरामा पर्यटकीय गतिविधि बढाउने उद्देश्य सहित यो वर्ष पनि चिनियाँ ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ। फेवातालमा हुने यो प्रतियोगिताको दोश्रो संस्करण हो। प्रतियोगिता पुस १३ देखि १५ गतेसम्म संचालन हुने आयोजकले बताएको छ।
आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रीय पोखरा सडक महोत्सवको २५ औं संस्करणको तयारी सुरु भएको छ। अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतार्थ हरेकवर्ष पोखरामा यो महोत्सव हुने गर्छ। पोखरामा भईरहेको यो महोत्सव विगत २५ वर्षदेखि निरन्तर छ।
पोखराको लेखनाथमा आगामि शनिबारदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ। ६ वर्षपछि प्रतियोगिता हुन थालेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा ठुला आकारका जहाज आउनै नसक्नु र आउनै परेमा पनि भार घटाउनुपर्ने भन्ने हल्ला फैलिएको भन्दै त्यसमा नझुक्किन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आग्रह गरेको छ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको छ । एसइइमा चार जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी एकजना छात्रालाई सम्मान गरिएको हो ।
नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको हो। आगामी जनवरी पहिलो सातासम्म उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।