१० माघ २०८१ बिहीबार
image/svg+xml

भूकम्पपछि राष्ट्रपति सीलाई जाडोको चिन्ता, तत्काल उद्धारमा खट्न निर्देशन

सीले भनेका छन्, ‘भूकम्प प्रभावित बासिन्दाका आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न, सबैका लागि सुरक्षित र न्यानो बास पक्का गर्न आवश्यक छ।’

ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, दुई भारतीयसहित ५३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।

म्याग्दीको दुर्गम चेचुङ गाउँमा पुग्यो सडक

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको चेचुङ गाउँमा सडक पुगेको छ।

चार महिनापछि मधेस प्रदेश सभा बैठक आजदेखि सुरु हुँदै

मधेश प्रदेश सभाको चौथो अधिवेशनको बैठक आजदेखि सुरु हुने भएको छ। चार महिनादेखि अवरुद्ध प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको हो।

चीन : भूकम्पमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, ३८ घाइते

भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश र भुटानसम्म महसुस गरिएको थियो ।

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ।

'ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन'

शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

आजको शक्तिशाली भूकम्पका कारण चीनमा ९ जनाको मृत्यु

आज (मंगलबार) बिहान ६.५० बजे आएको शक्तिशाली भूकम्पका कारण चीनमा ९ जनाको मृत्यु भएको छ।

महावैमा आज शोक बिदा

महावै गाउँपालिकाले आज शोक बिदा दिएकाे छ। गाउँपालिकामा कार्यरत प्रशासन सहायक केशरबहादुर सिंहको मृत्यु भएकोले शोक बिदा दिएको हो।

२९ वर्षदेखि ओडारमा व्यापार

दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन्।

विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चैबाजा बजाउने तालिम प्रदान गरेको छ। तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन्।

लमजुङमा चार सय मेट्रिकटन सुन्तला उत्पादन

चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ। एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ।

चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि, यी हुन् प्रभावित जिल्ला

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्