२ माघ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भूकम्पपछि राष्ट्रपति सीलाई जाडोको चिन्ता, तत्काल उद्धारमा खट्न निर्देशन

चिनियाँ राष्ट्रपति सी जिनपिङले सिजाङ भूकम्पपछिको उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

भूकम्पले ठूलो क्षति भएपछि सीले यस्तो निर्देशन जारी गरेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्। भूकम्पपछि राष्ट्रपति सीले घाइते र फसेकाहरूको उद्धार गर्न सबै प्रकारका प्रयास गर्न निर्देशन दिएका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले घाइतेको उपचारका लागि सक्दो प्रयास गर्न भनेका छन्।

उनले सम्भावित प्रकोप रोक्न, प्रभावित मानिसहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न र उद्धार पछिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देश गरेका छन्। भूकम्प अनुगमन र प्रारम्भिक चेतावनीलाई सुदृढ गर्न, आपतकालीन उद्धार सामग्रीको तुरुन्तै व्यवस्था गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्यलाई तीव्रता दिन अपिल गरेका छन्।

सीले भनेका छन्, ‘भूकम्प प्रभावित बासिन्दाका आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न, सबैका लागि सुरक्षित र न्यानो बास पक्का गर्न आवश्यक छ।’ आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा चीनमा अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ भने ६२ जना घाइते छन्।

प्रकाशित: २३ पुस २०८१ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App