१० माघ २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री ओली र राप्रपा नेपाल अध्यक्ष थापाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आज बिहान भेट भएको छ। सो अवसरमा समसामयिक परिस्थितिका बारेमा विचार विमर्श भएको थियो।

आयोगको कार्यालयमै घुस दिन खोज्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

नेपाल पत्रकार महासंघ यूकेको नयाँ अधिवेशन माग

बेलायतस्थित नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रकृयाका विषयमा रहेको किचलो तत्काल अन्त्य गरी नयाँ महाधिवेशनको मिति तय गर्न माग गरिएको छ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायतमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत भ्रमणमा आएका छन्। उनी बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आएका हुन्।

रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ।

अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ

राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ। यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ।

विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला

भारत विहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह होटलको एउटा कोठामा मृत अवस्थामा फेला परेको मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

आगलागीमा परी एक जनाको मृत्यु

सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिए।

पाँच महिनादेखि सुरक्षा गार्डको भरमा राष्ट्रिय मानव अधिकार आयोग जुम्ला

जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सारेपछिको झण्डै १ वर्ष एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए। तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा भएपछि जुम्ला कार्यालय सुरक्षा गार्डको भरमा रहेको छ भने कामकाज पनि बन्द रहेको अवस्था छ।

भारतमा वैकुण्ठद्वार दर्शनका क्रममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते

भारतको आन्ध्र प्रदेशस्थित श्री तिरुपति मन्दिरमा रहेको वैकुण्ठद्वार दर्शन टिकट काउन्टर नजिक बुधबार राति ९ः३० बजे भागदौड मच्चिएको थियो। सो क्रममा एक महिलासहित ६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन्।

डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधा बढीले घट्यो

सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ।

हाइटेन्सन तारमा टाँसिएर टिपरमा आगलागी, चालक गम्भीर घाइते

विद्युतको तार टाँसिएर टिपरमा करेन्ट प्रवाह भइ आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन्।

लस एन्जलसको डढेलो किन नियन्त्रणमा आउन सकेन?

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्