१० माघ २०८१ बिहीबार
image/svg+xml

अमेरिकाको लस एन्जलसमा १० हजार एकडमा फैलियो डढेलो : पाँच जनाको मृत्यु, आपतकाल घोषणा

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो।

महाकुम्भमा पुगेर १४ वर्षीया बालिकाले लिइन् सन्यास, १२ वर्ष कठोर तपस्या गर्नुपर्ने

नागाहरूलाई देखेर उनले सन्यास लिने निर्णय गरिन्। परिवारसहित घर जान मानिनन्। त्यसपछि अभिभावकले जुनाअखाडाका महन्त कौशल गिरीलाई दान दिए।

सुक्खा बढ्दा उत्पादनमा ह्रास आउने खतरा, हिउँद याममा खडेरी पर्ने सम्भावना

सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ। खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ। जानकारहरू यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको बताउँछन्।

बाढीले खानेपानीका स्रोत नै तहसनहस, करोडौँको क्षति

काभ्रेपलाञ्चोकमा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन्। विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए। तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो।

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम

ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ।

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन्।

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन्।

बुइपाका चार टोलमा आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेय पदाथ सेवनमा प्रतिबन्ध लगाएका छन्।

भोजपुरमा ‘सडक हेरालु’

भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन्। यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन्।

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङ खण्डमा १९३ किमि कालोपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ।

अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

एक सातादेखि निरन्तर रूपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

विभिन्न पाठ्यक्रम समसामयिक बनाउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्देशन

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ।

जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी

जापानको मौसम एजेन्सीले बुधबार जापान सागरको तटीय क्षेत्रमा भारी हिमपातको पूर्वानुमान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्