१० माघ २०८१ बिहीबार
image/svg+xml
प्रवास

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायतमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत भ्रमणमा आएका छन्। उनी बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आएका हुन्।

कोइराला बिहीबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिँदा नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति युवराज गुरुङ्ग लगायत नेपाली कांग्रेसका कार्यकर्ताले स्वागत गरेका थिए।

विमानस्थलमा संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै कोइरालाले भने, ‘म नेपालका सांसदको हैसियतले बेलायत आएको हुँ र यहाँको संसदसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छु।’

उनले बेलायतमा बस्दा नेपाली कांग्रेसका कार्यकर्ताका विषयमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीहरूको समस्याबारे पनि जानकारी लिने बताएका छन्।

बेलायतमा रहेका नेपालीलाई नेपाल फर्केर व्यवसायमा लगानी गर्न आग्रह गर्दै भने, ‘म मेरो चाहना छ कि विदेशमा रहेका नेपालीहरू आफ्नो देश फर्केर लगानी गरुन्।'

१३ जनवरी २०२५ मा संसद् भवनभित्र एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वमहामन्त्री राजकुमार त्रिपाठीले जानकारी दिए।

सो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्री तथा बेलायती सांसदहरूको उपस्थिति रहने बताइएको छ।

कोइरालाले शुक्रबार नेपाली दूतावास लण्डनद्वारा आयोजित कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका अगुवाहरूसँग अन्तरक्रिया गर्ने छन्।

कोइरालाले बेलायतमा रहँदा बेलायती सभामुखसँग भेट गर्ने, अलपार्टी पार्लियामेन्टरी समूह बैठकमा सहभागी हुने र अन्य नेपाली समुदायमा आयोजित बिभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा पनि भाग लिनेछन्।

कोइराला आगामी १६ जनवरी, शुक्रबार नेपाल फर्कने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित: २६ पुस २०८१ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App