‘टुर दी पोखरा’को सातौं श्रृंखला हुने
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्षको टुर दी पोखरा कार्यक्रम हुने जानकारी दिए ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्षको टुर दी पोखरा कार्यक्रम हुने जानकारी दिए ।
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनि तयार रहेको भनेर संचारमाध्यममा समाचार पनि आउने गरेको छ। तर, दुईवर्ष पुग्नै लाग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन समयपछि नियमित अन्तर्राष्ट्रिय उडान होला भन्ने अझै निश्चित छैन।
पोखरा विश्वविद्यालयमा एउटै बिलमा दुईपटक भुक्तानी गरेको पाइएको छ। पोखरा विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजी विभागले एउटा प्रोजेक्ट अन्तर्गत ल्याइएको सामानको एउटै बिलको दुईपटक भुक्तानी गरेर घोटाला गरेको खुलेको हो।
पोखरामा पर्यटकीय गतिविधि बढाउने उद्देश्य सहित यो वर्ष पनि चिनियाँ ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ। फेवातालमा हुने यो प्रतियोगिताको दोश्रो संस्करण हो। प्रतियोगिता पुस १३ देखि १५ गतेसम्म संचालन हुने आयोजकले बताएको छ।
आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रीय पोखरा सडक महोत्सवको २५ औं संस्करणको तयारी सुरु भएको छ। अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतार्थ हरेकवर्ष पोखरामा यो महोत्सव हुने गर्छ। पोखरामा भईरहेको यो महोत्सव विगत २५ वर्षदेखि निरन्तर छ।
पोखराको लेखनाथमा आगामि शनिबारदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ। ६ वर्षपछि प्रतियोगिता हुन थालेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा ठुला आकारका जहाज आउनै नसक्नु र आउनै परेमा पनि भार घटाउनुपर्ने भन्ने हल्ला फैलिएको भन्दै त्यसमा नझुक्किन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आग्रह गरेको छ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको छ । एसइइमा चार जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी एकजना छात्रालाई सम्मान गरिएको हो ।
नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको हो। आगामी जनवरी पहिलो सातासम्म उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।
पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पूर्वि खण्डका लागि दोश्रो पटक म्याद थपिएको छ। पश्चिम खण्डको भने बल्ल एकतिहाई काम सकिएको छ। पश्चिम खण्डका लागि करिब एकवर्ष म्याद थप्ने तयारी छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा सबैभन्दा दुखी पर्यटन क्षेत्र छ। त्यसैले हरेक पल्टका प्रधानमन्त्रीका भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान संचालन गर्नेगरि भ्रमण एजेन्डा बनाउन प्रधानमन्त्रीसँग व्यावसायीले हारगुहार गर्ने गरेका छन्।
पर्यटकीय सहर पोखराले सबैभन्दा बढी अपेक्षा गरेको पर्यटनका श्रोत मुलुक हुन् चीन र भारत। तर, पछिल्लो समय पर्याप्त पर्यटक भित्रिने अपेक्षा गरिएका तिनै श्रोत मुलुकबाटै पाहुना नआएपछि पर्यटन क्षेत्र यो सिजनमा चम्किन नसकेको व्यावसायीले बताउँदै आएका छन्। छिमेकी मुलुकका पाहुना भित्रिन कम हुँदा मुख्य पर्यटकीय सिजन गुल्जार हुन नसकेको उनीहरुको भनाई छ।
नेपाली कांग्रेसले महानगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको छ। कांग्रेस पोखरा महानगर समितिले मंगलबार विज्ञप्ती निकाल्दै सुरक्षाका लागि ड्यूटीमा खटिएका महानगर प्रहरीमाथि कुटपिट गर्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको हो।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनि थपिँदै जान थालेपछि पर्यटकीय सहर पोखरालाई भैरहवासँग जोड्नेगरि आन्तरिक हवाई कम्पनिले पोखरा–भैरहवा रुटमा पनि उडान थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले पोखरा–भैरहवा–पोखरा रुटमा उडान सुरु गरेका छन्।
स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुँदा पर्यटक भित्रिने सिजन प्रभावित भएको बताएको छ।