अमेरिका डढेलोमा २४ को मृत्यु : २७० अर्ब डलर क्षति, आगलागी अझै बढ्ने
क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
राति हावाहुरी तीव्र हुने भएकाले आगो फैलन सक्ने सम्भावना रहेको छ।
स्थानीय समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जना र इटन आगलागीमा छ जनाको मृत्यु भएको बताए। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ।
अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या दश पुगेको छ।
कडा हावाको कारण आगो तीव्र गतिमा फैलिएको अधिकारीहरुले जानकारी दिएका छन्।