२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दै छ।

आजको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहनेछ। सो प्रस्तावमा सोमबारदेखि सुरु भएको छलफलमा सदस्यहरूको बोल्ने क्रम आगामी बैठकमा पनि जारी रहने सभामुख डोलप्रसाद अर्यालले जानकारी गराएका हुन्।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री वाग्लेले जवाफ दिने छन्।

प्रकाशित: ५ जेष्ठ २०८३ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App