६ पुस २०८१ शनिबार
image/svg+xml

बाजुरा भूकम्पः तीन बालबालिका बसेको घर भत्कियो, क्षतिको विवरण सङ्कलन हुँदै

भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको उनको भनाई छ। घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनले जानकारी गराए।

युवा नेतृत्व विकासका लागि खलंगामा नमुना गाउँसभा

जुम्लामा युवायुवतीहरूले नमुना गाउँसभा चलाएका छन्। उनीहरूले गाउँसभा मार्फत स्थानीय सरकारको काम कर्तव्य, स्थानीय सरकार संचालन ऐन, युवायुवतीहरूले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयतामा युवाका मुद्दा लगायतका विषयमा अभ्यास गरेका हुन्।

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

अमेरिकाद्वारा सिरियाका नयाँ नेतामाथिको एक करोड डलर इनाम फिर्ता

अमेरिकाले सिरियाका विद्रोही समूह हयात तहरीर अल–शामका प्रमुख अहमद अल–शारामाथि राखेको १ करोड डलर बराबरको इनाम हटाउने निर्णय गरेको छ।

इन्द्रेणी रङको सौन्दर्य

इन्द्रेणीको उल्लेख्य पक्ष सरलता हो । यो कुनै गहना वा भौतिक वस्तु होइन, प्रकृतिको स्वाभाविक दृश्य हो । मान्छेले यसलाई बनाउन र बिगार्न सक्दैन । यो स्वतः उत्पन्न र समाप्त हुन्छ । यसले प्रकृतिको स्वायत्त र शुद्धपन झल्काउँछ ।

ध्यान : आनन्दमार्गको सोपान

कसैको मन शान्त हुन्छ। यस्ता मान्छे लगभग १० प्रतिशत हुन्छन्, साथै सफल, सुखी र सन्तुष्ट रहन सक्छन् किनकि शान्त स्थितिमा अनावश्यक इच्छा र कामना रहँदैन। यस्ता व्यक्तिमा सत्व गुणको अधिक अंश रहन्छ।

बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’ को नीति लिएको छ। प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ।

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि भिडन्त हुँदै छ।

नेपाली फुटबलको कालो दिन !

कुनै पनि टोली सम्हाल्ने प्रस्ताव आइहाले प्रशिक्षक सुलभजंग राणलाई अब एक नतिजाले झस्काउने छ। उनले पक्कै भन्नेछन्, ‘त्यस्तै हार फेरि दोहोरिए के गर्ने? कसलाई दोष दिने? कसरी मुख देखाएर हिँड्ने?’ त्यसैले अब उनी सोचविचार गरेर मात्रै निर्णय लिने मुडमा देखिन्छन्।

पदभारअघि ट्रम्पको कर धम्की, विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउने संकेत

जनवरीमा पदभार ग्रहण गर्ने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिएका छन्।

काठमाडौंमा ‘तिब्बत तरंग’

पन्चेन आएनन् तर यसैबीच दलाई लामाको ९०औं वर्षगाँठका अवसरमा पुनर्जन्मलगायतको समाचार सुनाउन निर्वासित तिब्बत सरकारका दुई सांसद भने काठमाडौं आए र गए।

सेन्ट्रल जेलको गेट

सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्थानीय जनप्रतिनिधि र छिमेकी भएका नाताले उसलाई भेट्न आएकी थिएँ। मेरो भेट्ने पालो आएकै थिएन, त्यतिकै उभिरहन्छु।

वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

‘देशमै उद्यमशीलताको अवसर छ’

कामका लागि विदेश भौँतारिनु नपर्ने बरु नेपालमै उद्यमशीलताका अवसरहरू रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।

ढुसी परेको नरिवल बेच्ने भाटभटेनीलाई महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्